ecn 1

गृहपृष्ठ चलचित्र ‘रेनि’ को पहिलो रोमान्टीक गीत सार्वजनिक

चलचित्र ‘रेनि’ को पहिलो रोमान्टीक गीत सार्वजनिक

शाही मल्ल फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्र ‘रेनि’ को पहिलो रोमान्टीक गीत सार्वजनिक भएको छ । आईतवार राजाधानिमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ‘मलाई नाई नाई’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा मुख्य कलाकार दीपक ढकाल र सनम मल्ललाई फिचर गरिएको छ ।

 

पुष्कर सुनुवारको स्वर तथा संगीत रहेको गीतमा मदन खड्काको कोरियोग्राफी र सिनेम्याटोग्राफी जयराज रिजालको रहेको छ । बिमला मल्ल र संजिव मल्लले मिलेर निर्माण गरेको यस चलचित्रलाई गिरिश रिजालले निर्देशन गरेका हुन्।

 

त्रिकोणात्मक प्रेम कथामा आधारित यो फिल्ममा नवनायिका सनम मल्लको लेखन रहेको छ भने चलचित्रमा सरोज खनाल, सुरवीर पण्डित , दीपक ढकाल, गिरिश रिजाल का साथै नवनायिका सनम मल्ल प्रमुख भूमिकामा छन् । चलचित्र ‘रेनी’ आगामी भाद्र ८ गतेबाट देशब्यापी प्रदर्शनमा आउनेछ ।

सम्बन्धित शीर्षकहरु