ecn 1

गृहपृष्ठ ‘जय श्री दाम’ को ट्रेलर सार्वजनिक, पौष २० गते बाट प्रदर्शनमा आउने

‘जय श्री दाम’ को ट्रेलर सार्वजनिक, पौष २० गते बाट प्रदर्शनमा आउने

चलचित्र ‘जय श्री दाम’ को ट्रेलर सार्वजनिक भएको छ भने फिल्म पौष २० गते बाट प्रदर्शनमा आउने भएकाेछ ।

 

चलचित्रको ट्रेलरमा मुख्य कलाकारहरु जेबिका कार्की, अमृत ढुङ्गाना, बिनोद न्यौपाने, राजन खतिवडा, प्रमोद अग्रहरी, विष्णु सापकोटा लगायत फिचर छन् । निर्देशक उप्रेतीसँगै अमरद्विप सापकोटाको पटकथा रहेको ‘जय श्री दाम’ मा मित्र डि गुरुङको सम्पादन छ भने रविन आचार्य डिओपी रहँदा क्यामेरामेनमा नवराज उप्रेती छन् । चलचित्रमा संगीत सुशान्त गौतमको रहेको छ ।

 

मङ्की टेम्पल प्रोडक्सन, क्रेजी ह्याण्डस् प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको ‘जय श्री दाम’मार्फत निर्देशक बिप्लोप उप्रेतीले निर्देशनमा डेब्यू गरेका हुन् । चलचित्रको कार्यकारी निर्मातामा पृथ्वी उप्रेती र मनोज उप्रेती छन् भने सह–निर्मातामा मित्र डि गुरुङ र रविन आचार्य रहेका छन् ।

सम्बन्धित शीर्षकहरु