ecn 1

गृहपृष्ठ केन्टकी राज्यकाे लेक्जिन्टन शहर स्थित मास्टरसन स्टेशनमा नेपालीहरुकाे तिज कार्यक्रम सम्पन्न

केन्टकी राज्यकाे लेक्जिन्टन शहर स्थित मास्टरसन स्टेशनमा नेपालीहरुकाे तिज कार्यक्रम सम्पन्न

हिन्दुहरूकाे धार्मिक तथा सांस्कृतिक विशिष्ट चाडपर्वहरू मध्येको नेपाली महिलाहरूकाे महान पर्व ‘हरितालिका तीज’ आजभोली नेपाल लगायत अन्य मुलुकहरूमा भब्यताका साथ मनाउने प्रचलन रहेकाे देखिन्छ ।

 

अमेरिकामा रहेका नेपाली चेलिबेटी महिला दिदिबहिनीहरु लगायत दाजुभाइहरुले एक कार्यक्रममा बीच तिजकाे दर खाने कार्यक्रम मनाएका छन् । अमेरिकाको केन्टकी राज्यमा पर्ने लेक्जिन्टन शहर स्थित मास्टरसन स्टेशनमा बस्ने महिला दिदिबहिनीहरु लगायत दाजुभाइहरुले आपसमा सद्भाव साटासाट गरी दर खाएर तिज मनाएका हुन् ।

 

मास्टरसन स्टेशनका साथै वरपरका नेपाली चेलिबेटी महिला दिदिबहिनीहरु लगायत दाजुभाइहरु जम्मा भएर गरिएकाे उक्त कार्यक्रममा नेपालबाट अाउनुभएका बुबा-अामा (जेष्ठ नागरिक) लाई खादा अाेढाएर सम्मान समेत गरिएकाे थियाे ।

 

अमेरिका र त्यस भित्रका विभिन्न सहरहरूमा तीजको दिन भन्दा निकै अगाडिबाट पर्ब मनाउने  यस्ताे परम्पराले विदेशमा छरिएर रहेका नेपालीहरूलाई आपसमा जोड्ने काम गरेको देखिन्छ भने अमेरिकामै जन्मिएर हुर्कदै गरेका बालबालिका तथा युवा युवतीहरूलाई समेत नेपाली संस्कृतिको बारेमा परिचित गराउन सकारात्मक भूमिका खेलेको छ । नेपालीहरूले अमेरिकामा पनि नेपाली संस्कृतिलाई नेपालमा जस्तै गरी उत्साहपूर्ण ढङ्गले मनाएर यहाँका स्थानीय आदिवासी समुदायलाई समेत तीज कार्यक्रममा उपस्थित गराई नेपाली परम्परा संस्कृति र नेपाली सभ्यतालाई बिदेशमा पनि प्रबर्दन गरेकाे पाइन्छ ।

सम्बन्धित शीर्षकहरु