गृहपृष्ठ को छ र माया गर्ने मान्छे………..
को छ र माया गर्ने मान्छे………..
गिति कविता

को छ र माया गर्ने मान्छे मेरो भाग्यमा
कसले साथ दिन्छ होला जिन्दगिमा
सपनामा रमाए म भुल गरेको हैन
मन देखि मन पराए झुटो बोलेको छैन
बिगत सबै हेरेर कल्पना गर्ने को छ
संसारमा भाग्यमा जे छ त्यहि पाईन्छ
सोचेको नभए पनि जे हुनु थियो त्यहि हुन्छ
जे पाए मैले त्येसैमा रमाउन सिक्नुपर्छ
जिन्दगि आफ्नो बेगमा बगिरहेको छ कस्ले रोक्न सक्छ
सोचेको नभए पनि जे हुनु थियो त्यहि हुन्छ
रचनाकारः
नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी