ecn 1

गृहपृष्ठ घिमिरे अन्तराष्ट्रिय शान्ति पुरस्कारबाट सम्मानित

घिमिरे अन्तराष्ट्रिय शान्ति पुरस्कारबाट सम्मानित

संसार दिन का दिन अशान्त बन्दै गइरहेकाे बेलामा NRNA ग्लाेबलका Youth & Sports Coordinater समेत रहेका युवा समाजसेवी बिक्रम घिमिरेलाई अन्तराष्ट्रिय शान्ति पुरस्कारहरु धमाधम प्राप्त भैरहेकाे छ ।

 

सानैदेखी मानवअधिकार र शान्तिकालागी काम गर्दै आउनुभएका शान्त स्वभाव, सरल जिवन, उच्च विचार र अरुकाे सहयाेगकाे लागी निरन्तर लागी पर्ने घिमिरेलाई अन्तराष्ट्रिय  जगतबाट सम्मान हुनु आफैमा नाैलाे कुरा रहेन ।

 

घिमिरेसँग विभिन्न संघ संस्थामा रही सफलतापूर्वक जिम्मेवारी पूरा गरेको अनुभव पनि छ । घिमिरेले राष्ट्रिय खेल परिषदमा नासा बुलेट क्लवको सचिव भएर समेत काम गरिसकेका छन् । नेपाल छदा पनि विभिन्न NGO, INGO र सरकारी कार्यलयको अनुभब सम्हाल्नु भएका घिमिरे अमेरिका आएर NRNA ICC काे Sports And Youth Deputy Coordinator र Nepal America Film Society काे Director of Outreach , Miss Nepal Us 2018 काे Regional Coordinator जस्ता  जिम्मेवारीमा पनि सफल हुनुहुन्छ ।

 

                              

अमेरिकाको केन्टकी निवासी २९ बर्षीय घिमिरे समाजसेवामा रुची राख्ने युवा हुन् ।आफु र आफ्नो परिवार भन्दा पनि समाज र अरुलाई सहयोग गर्न सधैअघि बढ्ने घिमिरे पेशाले इन्जीनीयर हुन ।

 

सम्बन्धित शीर्षकहरु