ecn 1

गृहपृष्ठ घिमिरे बन्धुहरूको गाउँपालिका स्तरीय कार्य समिति गठन

घिमिरे बन्धुहरूको गाउँपालिका स्तरीय कार्य समिति गठन

नुवाकोटको ककनी गाउँ पालिका वडा नं.२ स्थित शिवालय माविमा हालै गाउँ पालिकास्तरीय घिमिरे बन्धु समाजको समन्वय समिति गठन भएको छ । जिल्ला समन्वय समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा ११ सदस्यीय कार्य समिति र पाँच सदस्यीय सल्लाहकार समिति गठन भएको हो । सीताराम घिमिरेको अध्यक्षतामा नवगठित गाउँ पालिकास्तरीय कार्य समितिको उपाध्यक्षमा यदुनाथ घिमिरे, सचिवमा सीताराम घिमिरे, कोषाध्यक्षमा शिवराम घिमिरे तथा सदस्यहरूमा विन्दा घिमिरे , देवकी घिमिरे, धर्मराज घिमिरे ,कृष्णप्रसाद घिमिरे, रमेश घिमिरे र लेखनाथ घिमिरे रहेका छन् ।

 

त्यसैगरी नवराज घिमिरेको संयोजकत्वमा एक सल्लाहकार समिति पनि गठन भएको छ । सल्लाहकार समितिका अन्य सदस्यहरूमा प्रकाश घिमिरे, उत्तम घिमिरे, गोविन्द घिमिरे र राममणि घिमिरे रहेका छन् । कार्यक्रममा बोल्दै नवगठित कार्यसमितिका अध्यक्ष घिमिरेले घिमिरे बन्धु बान्धवहरूको वंशावली उतार्ने कार्यदेखि घिमिरेहरूको उत्पतिको नालीबेली केलाउँदै एउटा व्यवस्थित दस्तावेज बनाउन केन्द्रीय समितिलाई सहयोग गर्ने जानकारी दिए ।

 

समितिका केन्द्रीय प्रतिष्ठानका सचिव अजय घिमिरेले हाल ४५ जिल्लामा जिल्लास्तरीय समिति गठन भइसकेको र निकट भविष्यमा ७७ वटै जिल्लामा गठन हुने जानकारी दिए । घिमिरे बन्धु प्रतिष्ठानको केन्द्रिय कार्यालय कोटेश्वरमा रहेको छ ।

सम्बन्धित शीर्षकहरु