ecn 1

गृहपृष्ठ यू-१९ विश्वकप एशिया छनोट प्रतियोगिता शुरु

यू-१९ विश्वकप एशिया छनोट प्रतियोगिता शुरु

नेपालले पहिलो खेल सिङ्गापुरसँग खेल्दै :

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) यू-१९ विश्वकप एक दिवसीय एशिया छनोट प्रतियोगिता आजदेखि मलेशियामा शुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित टेष्ट नखेल्ने एशियाका ६ राष्ट्रले सिङ्गल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् र अङ्क तालीकामा शीर्षस्थानमा रहने एक टोली यू-१९ विश्व कपमा पुग्नेछ ।

 

छनोटमा नेपालसहित मलेशिया, संयुक्त अरब इमिरेट्स, सिङ्गापुर, कुबेत र ओमान भिड्दैछन् । नेपालले पहिलो खेल आज सिङ्गापुरसँग खेल्दैछ । नेपालले अप्रिल १३ मा यूएई, अप्रिल १५ मा मलेसिया, अप्रिल १६ मा ओमन र अप्रिल १८ मा कुवेतविरुद्ध खेल्ने छ। यू-१९ विश्वकपमा सिंगापुर हालसम्म छनोट भएको छैन। यूएईले आयोजकका रुपमा सन् १०१४ को यू-१९ विश्वकप खेलेको थियो।मलेसियाले पनि आयोजकका रुपमा सन् २००८ को यू-१९ विश्वकप खेलेको थियो।

 

यसपटक नेपाली टोलीमा चार नयाँ खेलाडीले स्थान बनाएका छन् । घरेलु प्रतियोगितामा राम्रो गरिरहेका कुशल मल्ल र हरिबहादुर चौहान, प्रतिश जिसी र अभिषेक बस्नेतले पहिलोपटक यू-१९ टोलीमा स्थान बनाएका हुन् । त्यस्तै यू-१९ टोलीका नियमित सदस्य रित गौतम, कमलसिंह ऐरी, रसिद खान, सागर ढकाल तथा सूर्य तामाङ नेपाली टोलीमा छन् ।

 

नेपालको प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दास रहेका छन् । झण्डै तीन वर्षदेखि विनोदले युवा तथा राष्ट्रिय महिला टोलीको प्रशिक्षणको जिम्मेबारी सम्हाल्दै आएका छन् । नेपाली प्रशिक्षक दासले भारतमा क्याम्पका लागि जानुअघि नेपालको लक्ष्य विश्वकपमा छनोट हुनु रहेको बताएका थिए ।

सम्बन्धित शीर्षकहरु