ecn 1

गृहपृष्ठ महिला भलिबलमा नेपाललाई ऐतिहासिक सफलता

महिला भलिबलमा नेपाललाई ऐतिहासिक सफलता

नेपालले एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

 

बिहीबार भएको फाइनलमा माल्दिभ्सलाई ३–० ले हराउँदै नेपाल च्याम्पियन बनेको हो । बंगलादेशमा भएको खेलमा नेपाल विपक्षीमाथि पूर्ण हावी भएको थियो । फाइनलमा नेपालले माल्दिभ्सलाई २५–१३, २५–१२ र २५–८ को सोझो सेटमा हराएको हो ।

 

लिग चरणको अन्तिम खेलमा बुधबार पनि नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । नेपालले लिग चरणमा कीर्गिस्तान, अफगानिस्तान र बंगलादेशलाई पनि समान ३–० कै सेटमा हराएको हो ।

 

पाँच राष्ट्रले सहभागिता जनाएको प्रतियोगितामा नेपाल अपराजित रहँदै उपाधि जित्न सफल भएको हो । नेपालले लिग चरणमा माल्दिभ्ससहित बंगलादेश, कीर्गिस्तान र अफगानिस्तानलाई हराएको थियो । यो उपाधि हासिल गरेसँगै नेपाल मंसिरमा घरेलु भूमिमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद ९साग०को उपाधिको प्रमुख दाबेदार बनेको छ ।

सम्बन्धित शीर्षकहरु