गृहपृष्ठ भैसीको दूध बेचेर मासिक लाख

भैसीको दूध बेचेर मासिक लाख

तनहुँका एक किसानले भैंसीको दूध बिक्री गरेर मनग्य आम्दानी गरेका छन् । व्यास नगरपालिका–१० मंगलीगैरामा व्यावसायीक रुपमा भैंसीपालन गरेर कालिका पौडेलले मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका हुन् ।

कालिका एग्रोफर्म सञ्चालन गरेर उनले भैंसीको दूध दमौली बजारमा बिक्री गर्दै आएका छन् ।उनको फर्ममा अहिले २० वटा भैंसी छन् । उनले दैनिक १ सय ४० लिटरसम्म दूध बिक्री गर्दै आएका छन् । बजारभरी गाईको दूध मात्रै पाईने गरेको र भैंसीको दूध पाउनै मुस्किल भएकाले बजारको मागलाई हेरेर आफूले भैंसी पालन सुरु गरेको पौडेलले बताए ।

कालिका एग्रोफर्मद्धारा सञ्चालित दमौलीमा रहेको कालिका दूध डिपोमा दूध किन्नेहरुको भीड लाग्ने गरेको छ । पौडेलले आफ्नो फर्ममा चार जनालाई रोजगारीसमेत दिएका छन् । याे समाचार कृषी अनलाइन बाट साभार गरीएकाे हाे ।

सम्बन्धित शीर्षकहरु