गृहपृष्ठ नेपालको शेयर बजारले यो हप्ता समग्रमा राम्रै सन्देश दियो

नेपालको शेयर बजारले यो हप्ता समग्रमा राम्रै सन्देश दियो

बिहीवार नेप्से ७.५३ अंकले बढेको छ, नेप्से परिसुचक कारोबारको अन्तिम घण्टा सम्म आइपुग्दा ७.५३ अंकले बढेको हो । १४३२.१४ को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधीमा १४३९.०६५६को बिन्दुमा पुगेको छ । कारोबार भएका १८९ कम्पनीको ३४ लाख ३० हजार कित्ता शेयर खरिद विक्री हुदाँ १ अर्ब ३२ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै कारोबारमा आएका कम्पनिमध्ये नेपाल रिइन्सुरेन्स कम्पनिले १५ करोड ६३ लाख बराबरको कारोबार गरेर उच्च स्थानमा रहेको छ ।

सम्बन्धित शीर्षकहरु