गृहपृष्ठ उपत्यकामा आज राती १२ बजे बाट लागू हुनेगरी निषेधाज्ञा जारी

उपत्यकामा आज राती १२ बजे बाट लागू हुनेगरी निषेधाज्ञा जारी

उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि, काठमाडौ ,भक्तपुर र ललितपुरका तीन वटै प्रमुख जिल्ला अधिकारी र तीन वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको काठमाडौं जिल्ला प्रशासन कार्यालयमा हिजो बसेको बैठकले आज राति १२ बजे देखि भदौ १० गते सम्म लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ।

अत्याबश्यक सेवा बाहेकका कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय सञ्चालन हुने छैनन । साथै, सवारी साधन पनि चलाउन पाइने छैन । यसैगरी सर्वसाधारणको आवतजावतलाई पनि रोक लगाइने छ ।

सम्बन्धित शीर्षकहरु