गृहपृष्ठ सुनशान भयो काठमाडौं उपत्यकाका ब्यस्त ठाउँ र भित्री सडक

सुनशान भयो काठमाडौं उपत्यकाका ब्यस्त ठाउँ र भित्री सडक

काठमाडौं । अगिपछी खचाखच देखिने काठमाडौं सहरको भित्री सडक हो घट्टेकुलो जुन ठाउँमा पहिला देखिनै क्याम्पस पढ्ने विद्यार्थीहरु डेरा गरेर बस्ने ठाउँको रुपमा चिनिन्थ्यो यो ठाउँबाट रत्नराज्यलक्ष्मी क्याम्पस, ल क्याम्पस, वाल्मीकि क्याम्पस, शंकरदेव क्याम्पस, बिश्वभाषा क्याम्पस नजिकै पर्ने भएकोले र नयाँसडक पनि नजिक पर्ने, भृकुटी मण्डपको बजार पनि नजिकै पर्ने र सरकारी कार्यालयहरु पनि नजिकै, बिषेशगरी सिंहदरबार पनि नजिक हो घट्टेकुलोबाट जुनबेला उपत्यकाका अधिकांश स्थान खाली थियो र त्यसबेला भर्खर जागिर खाने र स-साना ब्यबसाय गर्नेहरुले हालको अवस्था सम्म आइपुग्दा अधिकांस स्थानमा जग्गा किनेर बसेका छन भने धेरैले घर पनि बनाइसकेका छन। बिषेशगरी कोटेश्वर, कांडाघारी,पेप्सिकोला,बाल्कोट,दुवाकोट, दधिकोट, देखि सुर्यबिनायक सम्म र यता कपन,नयांबजार, बुढानिलकण्ठ, बनस्थली,सानोभर्‍याङ,सितापाइला हुँदै थान्कोट सम्म बस्ती बाक्लिएको छ। कसैलाइ भेट्नु भयो र सोध्नु भयो, हजुरको घर कहाँ हो ? भरखरकाहरुले काठमाडौं भनिहाल्छन अलि पुराना हरुले वा उनिहरुका बाबुआमाले चाहिँ म झापाको, पाल्पाको,स्याङ्जाको,धादिङ्को,नुवाकोटको,ओखलढुङाको, रामेछापको, दोलखाको, सिन्धुपाल्चोकको वा दिपायलको,कन्चन्पुरको, भोजपुरको, जहाँ हो जन्मस्थान त्यहिँ बताउनु हुन्छ तर म काठमाडौं आएर पहिला बसेको र धेरै समय डेरागरि बसेको ठाउँ चाहिँ घट्टेकुलो हो भन्नुहुन्छ। अहिले पनि यो ठाउँमा मानिसहरु को भिडभाड देखिन्छ तर हालको कोरोना भाइरसको प्रकोपले गर्दा यो ठाउँमा पनि निषेधाज्ञा जारी छ र सुनसान छ। त्यसैगरी अगिपछी भिडभाड हुने स्थानहरु एयरपोर्ट, कोटेश्वर र अन्य ठाउँका तस्बिरहरु क्रमशः

सम्बन्धित शीर्षकहरु