गृहपृष्ठ उपत्यकामा कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च

उपत्यकामा कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च

काठमाडौं । देशभरमा एक हजार ६९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमणको पुष्टि हुनेको कुल संख्या ४० हजार ५२९ पुगेको छ जसमध्ये हाल सक्रिय संक्रमित १८ हजार ११२ जना छन्।आज थपिएका संक्रमितमध्ये काठमाडौंका ३९३ जना, ललितपुरका ५८ जना र भक्तपुरका ३० जना रहेका छन्। उपत्यकामा मंगलबार कुल ४८१ जनामा संक्रमण पुष्टि भएको हो।
गत २४ घण्टामा १२ हजार ८८ पीसीआर परीक्षण भएको छ। हालसम्म नेपालमा कुल सात लाख पाँच हजार ५६० परीक्षण भइसेकेको छ।  २४ घण्टामा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ७६८ रहेको छ। हालसम्म नेपालमा कुल २२ हजार १७८ जना कोरोना मुक्त भएका छन्।

यस्तै हाल क्वारेन्टिनमा सात हजार ३९० जना छन् भने संस्थागत आइसोलेसनमा १० हजार ८३२ जना र होम आइसोलेसनमा सात हजार २८० जना छन्।

सम्बन्धित शीर्षकहरु