गृहपृष्ठ भोक हडतालका कारण ४२ वर्षीया इब्रु टिम्तिकको ज्यान गयो

भोक हडतालका कारण ४२ वर्षीया इब्रु टिम्तिकको ज्यान गयो

टर्की। भोक हडतालका कारणले गर्दा ४२ वर्षीया इब्रु टिम्तिकको ज्यान गएको छ। उनी कानुन ब्यबसायी तथा मानवअधिकारवादी अभियन्ता थिइन् । उनको माग आफू र आफूहरुविरुद्ध टर्कीको राज्यसत्ताले लगाएका ‘अन्यायपूर्ण’ अभियोगहरुको निष्पक्ष न्यायिक सुनुवाइ हो। राज्यसत्ताको लाचार छायामा रुपान्तरण भएको त्यहाँको अदालतले उनीहरुविरुद्ध भएको अन्यायपूर्ण हरकतका विरुद्ध गरिएको न्यायको गुहारलाई सुन्न चाहेन । फलतः टिम्तिकले अपनाइन् अनसनको बाटो यसरी उनले उठाएका निष्पक्ष छानविन र न्यायिक सुनुवाइको  मागलाई सम्बोधन गर्ने हिम्मत राज्यसत्ताले नगरेपछि अन्ततः उनले भोक हडतालकै वीच आफ्नो देह त्याग गरिन् । अल्ट्रा–माक्र्सवादी संगठन पिपुल्स लिबरेशन पार्टी फ्रन्ट डिएचकेपी सी सँग उनि निकट संगठन रहेको मानिन्छ । डिएचकेपी सीविरुद्ध अंकारामा अमेरिकी दूतावासमाथि २०१३ मा हमला गरेको तथा धेरै आतंकवादी हमलाहरु गराएको आरोप छ । यस संगठनलाई टर्कीसहित संयुक्त राष्ट्रसंघ र युरोपेली युनियनले आतंककारी घोषणा गरेका छन् । यस्तो अन्यायपूर्ण फैसलाको विरोध गर्दै आएकी इब्रुले गत जनवरीदेखि आमरण अनसन सुरु गरेकी थिइन् । १ जुनमा उनीहरुको रिहाइका लागि इन्टरनेसनल एसोसिएसन अफ डेमोक्रेटिक लयर्सका तीन सय ६५ जना र टर्कीका चार सय जना गरी कुल ७ सय ६५ जना वकिलले हस्ताक्षर गरेर टर्कीको सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । इब्रुको निधन बिहीबार भएपनि शुक्रबार मात्रै यो समाचार बाहिरियो ।
यो निधनको खबरले बिश्वब्यापी रुपमा चर्चाको बिषय बनेको छ। अनसनकै क्रममा निधन हुनु र त्यसमा रज्य पक्ष गैरजिम्मेवारी हुनु मानवाधिकारको उलंघन हुनु हो।

सम्बन्धित शीर्षकहरु