गृहपृष्ठ नेपाल सरकारका प्रवक्ता डा. युवराज खतिवडाले राजीनामा दिनुभएको छ

नेपाल सरकारका प्रवक्ता डा. युवराज खतिवडाले राजीनामा दिनुभएको छ

काठमाडौं । नेपाल सरकारका प्रवक्ता ,अर्थ, सुचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिनुभएको छ। शुक्रबार साँझ प्रधानमन्त्री केपी ओलीलाई राजीनामा पेश गर्नुभएको हो।

नेपालको संविधानको धारा ७७ को उपधारा २ को (क) बमोजिम मन्त्री खतिवडाले आफ्नो पदबाट राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठकले बिहीबार मात्र राष्ट्रियसभामा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो। नेपालको संविधानमा संसदको सदस्य नभएको ब्यक्ती ६ महिना सम्म मात्र मन्त्री बन्न पाउने प्राब्धान छ। त्यसैले मन्त्री खतिवडाले एक दिन अगाडिनै राजिनामा दिनु भएको हो। राजिनामा स्वीकृत पछि सो जिम्मेवारी राष्ट्रपतिले प्रधानमन्त्री लाई दिनुभएको छ।

सम्बन्धित शीर्षकहरु