गृहपृष्ठ आज देखि काठमाडौं उपत्यकामा पसलहरु पनि खोल्न पाउने

आज देखि काठमाडौं उपत्यकामा पसलहरु पनि खोल्न पाउने

काठमाडौं । आज भदौ २५ गतेदेखि काठमाडौं उपत्यकामा पसलहरु समेत खोल्न पाउने भएको छ। बुधबार उपत्यकाका ३ वटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो। सरकारले तोेकेको स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड अनिवार्य पालना गरी अत्यावश्यक वस्तु सेवा मध्ये खाद्य वस्तु, दुध र दुग्धजन्य पदार्थ, फलफुल, तरकारी, बिक्री वितरण गर्ने पसलहरु बिहान ११ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म खोल्न दिने निर्णय भएको छ।

यसैगरी सपिङ्ग मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसल लगायतका पसलहरु साताको सोमबार, बुधबार र शनिबार मात्रै खोल्न पाउने निर्णय भएको छ।

सम्बन्धित शीर्षकहरु