गृहपृष्ठ यो सरकारको चौथो प्रबक्ता पार्बत गुरुङ

यो सरकारको चौथो प्रबक्ता पार्बत गुरुङ

सरकारको प्रवक्ताको जिम्मेवारी नवनियुक्त सुचना तथा प्रबिधी मन्त्री पार्बत गुरुङले पाएका छन् । मन्त्रिपरिषदले प्रवक्ताको जिम्मेवारी गुरुङलाई दिने निर्णय गरेको बालुवाटार स्रोतले जनाएको छ । गुरुङले प्रवक्ताको जिम्मेवारी सोमबारदेखि नै लागू हुने गरी पाएका हुन। यसअघिको प्रबक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली थिए । गोकुल बाँस्कोटा पदमुक्त भएपछि तत्कालीन अर्थमन्त्री युवराज खतिवडालाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो । उनी पनि पदमुक्त भएपछि परराष्ट्रमन्त्री ज्ञवाली प्रवक्ता बने ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट गुरुङलाई गएको असोज २८ मा सञ्चार मन्त्रालयको जिम्मा दिएपछि उनी सरकारका प्रबक्ता भएका हुन।

सम्बन्धित शीर्षकहरु