गृहपृष्ठ आजबाट विज्ञापन बजाएमा विदेशी च्यानल बन्द हुने

आजबाट विज्ञापन बजाएमा विदेशी च्यानल बन्द हुने

नेपालमा आजबाट प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा निर्धारित मितिबाटै क्लिन फिड लागू भएको हो ।

अब विदेशी च्यानल विज्ञापनमुक्त भएका छन् । ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ विदेशी टेलिभिजन च्यानल कात्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नुपर्ने व्यवस्था छ । अब विज्ञापन बजाएमा विदेशी च्यानल बन्द गर्ने कानुनी व्यवस्था छ । २०७५ कात्तिक ८ गते राजपत्रमा प्रकाशित ऐनले क्लिन फिडमा जान सेवा प्रदायकहरूलाई एक वर्ष समय दिएको थियो । मन्त्रालयको प्रेस बीग्यप्ती यसप्रकार छ :

सम्बन्धित शीर्षकहरु