गृहपृष्ठ नेपालको सेयर बजारमा निरन्तर उछाल हाल्सम्मकै उच्च कारोबार

नेपालको सेयर बजारमा निरन्तर उछाल हाल्सम्मकै उच्च कारोबार

नेपालको सेयर बजारमा निरन्तर उछाल आइरहँदा आज आइतबारको रेसियो पनि धेरै राम्रो देखियो। बैंकहरुले पनि ब्याजदर घटाएको र तत्कालको लागि लगानिकर्ताहरुले अन्य ठाउँमा सुरक्षित लगनी गर्ने समय नदेखेकै कारणले गर्दा सेयर बजारमा आकर्षित भएको देखिन्छ।
अलटाइम हाई १८८१ विन्दूमा बजार पुग्नलाई अब १०० अंक हाराहारी बाँकी छँदा नेप्सेले एकपछि अर्को गर्दै दैनिक रुपमा नयाँ नयाँ कीर्तिमान बनाउँदै लगेको हो ।

आइतबार बजारमा करिब ७ अर्बको सेयर कारोबार भएको छ । एकैदिन यति धेरै रकमको कारोबार भएको इतहिासमै आज पहिलो दिन हो ।नेप्सेमा ६ अर्ब ९० करोड ६७ लाख बढीको कारोबार भएको हो । गत बिहीबार नेप्सेमा ६ अर्ब ११ करोड ६७ लाखको कारोबार भएको थियो ।

कारोबार रकममा मात्र नभई किनबेच भएका सेयरहरुको कित्ताको संख्यामा समेत नयाँ रेकर्ड बनेको छ । नेप्सेका अनुसार २०२० को सेप्टेम्बर १७ मा बजारमा १ करोड ३२ लाख १६ हजार २३४ कित्ता सेयरको एकैदिन किनबेच भएको थियो । हालसम्मको सर्वाधिक सेयर संख्या किनबेच भएको सो रेकर्डलाई समेत बिहीबारको बजारले तोडेर नयाँ रेकर्ड बनाएको छ ।

सम्बन्धित शीर्षकहरु