गृहपृष्ठ नेपालको सेयर बजारमा फेरी नयाँ रेकर्ड

नेपालको सेयर बजारमा फेरी नयाँ रेकर्ड

नेपालको सेयर बजारमा फेरी नयाँ रेकर्ड कायम भएको छ । साताको पहिलो दिन आइतबार भएको कारोबारमा सेयर कारोबार मापक नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले नयाँ रेकर्ड कायम गरेको हो । आइतबार नेप्से परिसूचक ७५ दशमलव ०२ बढेर १ हजार ९ सय ६८ दशमलव २७ अंक भन्दा माथि पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो यसैगरी सेयर कारोबार रकम पनि एकैदिन साढे ९ अर्ब रुपैयाँ नाघेको छ । गत बिहीबारमात्रै ७ अर्ब नाघेर नयाँ रेकर्ड भएको कारोबार रकम आइतबारनै तोडिएको हो ।

सम्बन्धित शीर्षकहरु