गृहपृष्ठ नेप्से परिसूचकमा सामान्य बृद्धी

नेप्से परिसूचकमा सामान्य बृद्धी

साताको अन्तिम बिहीाबर कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेको छ। यस दिन बैंक तथा वित्तीय संस्थाहरुको शेयरमूल्य बढेसँगै नेप्से सामान्य अंक बढेको हो ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ६.१२ प्रतिशत बढेको छ भने विकास बैंकको ३.७ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक ०.९५ प्रतिशत बढेको छ। अन्य तथा म्युचुअल फण्डको परिसूचक यस दिन सामान्य बढेको छ।

यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.५ प्रतिशत घटेको छ। त्यसैगरी, उत्पादन तथा प्रशोधन र लगानी उपसमूहको परिसूचक करिब १ प्रतिशत घटेको छ।

सम्बन्धित शीर्षकहरु