गृहपृष्ठ राति १२ बजेसम्म उडान गर्ने निर्णय तत्काललाई रोकियो, अध्ययन समिति गठन

राति १२ बजेसम्म उडान गर्ने निर्णय तत्काललाई रोकियो, अध्ययन समिति गठन

काठमाडौं । रात्रिकालीन उडान भइरहेका विमानस्थलहरुमा राति १२ बजेसम्म उडान गर्ने निर्णय तत्कालका लागि रोकिएको छ । वायुसेवा संचालक संघको विरोधपछि शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणमा भएको वार्तामा तत्काल उक्त निर्णय लागु नगर्ने सहमति भएको संघका प्रवक्ता योगराज कडेलले बताए ।

उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुरको नेतृत्वमा एक समिति गठन गर्ने सहमति भएको छ । उक्त समितिमा एयरलाइन्सका एकरएक जना प्रतिनिधि, संघको प्रतिनिधि र प्राधिकरणको प्रतिनिधि रहने उनले जानकारी दिए ।

“प्राधिकरणको उक्त निर्णय तत्काल लागु नगर्ने सहमति भएको छ । प्रेमनाथ ठाकुरको नेतृत्वमा समिति गठन भएको छ । समितिमा सबै एयरलाइन्सको एकरएक जना प्रतिनिधि, संघको प्रतिनिधि, प्राधिकरणको प्रतिनिधिले प्रतिवेदन दिने र सोही आधारमा निर्णय हुने भएको छ,” उनले भने ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडान भइरहेका विमानस्थलहरूमा बिहीबारदेखि लागु हुनेगरी बिहान ६ देखि राति १२ बजेसम्म १८ घण्टा कायम गरेको थियो । तर, वायुसेवा सञ्चालक संघले राति ८ बजेपछिका नियमिततर्फका उडान तत्काल गर्न सक्ने अवस्था नरहेको जनाएको थियो ।त्यसपछि प्राधिकरणमा आज वार्ता भएको थियो । तर, प्राधिकरणका अधिकारीहरुले भने यस विषयमा कुनै निर्णय नभएको दाबी गरे ।

सम्बन्धित शीर्षकहरु