गृहपृष्ठ इरानका रिभोल्युसनरी गार्ड्सका सिनियर कमान्डरलाई मार्ने कोसिस, बडीगार्डको मृत्यु

इरानका रिभोल्युसनरी गार्ड्सका सिनियर कमान्डरलाई मार्ने कोसिस, बडीगार्डको मृत्यु

एक रिभोल्यूशनरी गार्ड्सकाएक सिनियर कमान्डरको गाडीमाथि केही हमलाकर्ताले गोली बर्साएको इरानको सरकारी मिडियाले जानकारी दिएको छ ।यो हमलामा कमान्डर बालबाल बचे तर उनका एक बडीगार्डको मृत्यु भएको छ । मेहर न्युज एजेन्सीका अनुसार जनरल हुसैन अल्मासीको स्वास्थ्य एकदम ठिक छ ।

सरकारी समाचार एजेन्सी इरनाले ब्रिगेडियर जनरल हुसैन अलमासी हमलामा सुरक्षित बाँचेका छन् । हमला शनिबार दक्षिण पूर्वी प्रान्त सिस्तान–बलूचिस्तानमा भएको हो ।एजेन्सीले दिएको जानकारी अनुसार हालसम्म चार संदिग्धलाई हिरासतमा लिइएको छ । हमलामा मारिएका कमान्डरका बडीगार्डको नाम सेकेन्ड लेफ्टिनेन्ट महमूद अबसलन हो ।

अफगानिस्तान र पाकिस्तानसँग जोडिएको इरानको सिस्तान–बलूचिस्तान प्रान्त ड्रग तस्करको गिरोहका लागि कुख्यात छ । यहाँ धेरैजसो सुन्नी इस्लामी चरमपन्थी र शिया अधिकारीबीच झडप भइरहन्छ ।

सम्बन्धित शीर्षकहरु