गृहपृष्ठ नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा अब्दुल्लाह अलमुताइरी नियुक्त

नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा अब्दुल्लाह अलमुताइरी नियुक्त

कुवेतका अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । एन्फाको प्राविधिक कमिटीको सिफारिसमा उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो । ४० वर्षीय अलमुताइरीले कम्तीमा एक वर्ष नेपाली फुटबल टिमलाई प्रशिक्षण दिनेछन् ।

विश्व फुटबल महासंघले सदस्य राष्ट्रलाई ‘प्रो लाइसेन्स’ भएकालाई मात्र नियुक्त गर्ने प्रावधान राखेपछि साविकका प्रशिक्षक बालगोपाल महर्जनले नेपाली राष्ट्रिय टोलीलाई प्रशिक्षण गर्न प्राविधिक समस्या हुने भएको हो ।महर्जनको विकल्पमा एन्फाले अलमुताइरीलाई प्रशिक्षक नियुक्त गरेको हो ।

नेपालले विश्वकप फुटबल छनोटअन्तर्गत दोस्रो चरणको बाँकी खेलको तयारी गरिरहेको छ । यस क्रममा नेपालले चाइनिज ताइपेइ, अस्ट्रेलिया र जोर्डनजस्ता मुलुकको सामना गर्नेछ ।

सम्बन्धित शीर्षकहरु