गृहपृष्ठ व्यबसायीहरुको सबारीलाई अबरोध नगर्न संगठनको आग्रह

व्यबसायीहरुको सबारीलाई अबरोध नगर्न संगठनको आग्रह

काठमाडौं। इ-कमर्स एसोसिएसन अफ नेपाल नामक संगठन नेपालमा इकमर्स मार्फत ब्यबसाय संचालन गर्ने छाता संगठन हो। विभिन्न अनलाइन माध्यमबाट विभिन्न सामाग्रीहरु डेलिभरी गर्दै आएका हरुलाइ हालको यो कोभिड-१९ का कारण थप कठिनाइ हुँदाहुँदै पनि सेवा सुचारु गरिरहेको अवस्थामा केही ब्यबसायीहरुलाइ सुरक्षाकर्मिहरु द्वारा नियन्त्रणमा लिएको हुनाले यो संगठनले ध्यानाकर्षण गराएको छ।
जस्तोसुकै कठिन अवस्थामा पनि यस्तो प्रकारको ब्यबसाय संचालन नै उपयुक्त हुने भएकोले बिश्वब्यापी रुपमा फैलिंदै आएको यो व्यबसाय नेपालमा पनि शुरु भएको छ र नेपालमा पनि यसको महत्व बढदै गएको बेलामा यसप्रकारको अबरोध हटाएर सहज रुपमा सबारी साधन संचालन गर्न दिनुहुन र अबदेखी कुनै पनि अनलाइन व्यबसायी को साधन नियन्त्रणमा नलिनु हुन अनुरोध गरेको छ।

सम्बन्धित शीर्षकहरु