गृहपृष्ठ यातायातमा भाडा धेरै लिन पाउने, यात्रामा सामाजिक दुरी देखिएन

यातायातमा भाडा धेरै लिन पाउने, यात्रामा सामाजिक दुरी देखिएन

यातायात व्यावसायिहरुले सबारी साधन सन्चालन गराउँदा के-के कुरामा ध्यान दिनुपर्ने हो र स्वास्थ्य सम्बन्धी आफू र यात्रुहरुको लागि के कस्ता साबधानी अपनाउनु पर्ने हो त्यो त सरकार पक्ष र ब्यबसायीहरु बिच सम्झौता भएकै हुनुपर्छ।

यता सरकारले नै भाडा दर तोकिदिएको छ ५०% बढाएर लिनु भनेर तर तोकिएको नियमको पुर्ण पालना गर्नु पनि भनेको होलानी ? बस भित्र सेनिटाइजरको बट्टा मात्र छ त्यो पनि टेपले बेरेर बलियो गरि राखेको छ, लिक्विड पनि छैन, चालक र सहचालक ले माक्स समेत लगाएका छैनन। यस्तो बसमा यात्रा गर्ने केही यात्रुले प्रश्न गर्नु भयो भाइ भाडा १५ रुपैयाँ हैनर ? सहचालकले जबाफ दिए ! भाडा बढेको छ २५ रुपैयाँ हो। यात्रु- अनि बसमा सबै सिट प्याक छ भाइ के गरेको सेनिटाइजर पनि छैन ठग्न पाहिन्छ ? सहचालक – कहिले काहीँ यस्तै हो।
समय ठिक दिउँसो १२:४० बजेको थियो दिगो यातायात बा ५ ख ४२६२ नम्बरको बसमा मैतिदेबी बाट रत्नपार्क जाने यात्रु मध्ये केही यात्रु उबिएको पनि पाइयो।

सम्बन्धित शीर्षकहरु